Rule 21
अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले विभागमा विवरण पेश गर्नु पर्ने
(१) वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले तालिम प्रदान गर्नु अघि देहायको विवरण विभाग समक्ष पेश गर्नु पर्नेछः–
(क) तालिम लिने व्यक्तिको नामावली,
(ख) प्रशिक्षकको नाम ।
(२) अभिमुखीकरण तालिम प्रदान गरेपछि सो अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले तालिम लिएका व्यक्तिहरूको हाजिरी विवरण विभाग समक्ष पेश गर्नु पर्नेछ ।